गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य छैन : नेता सिंह

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७८, बुधबार उज्यालो फोकस

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य नभएको बताएका छन । गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका बुधबार आयोजित माल्यार्पण कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारलाई नियन्त्रण गर्ने र सरकार भन्दा माथि जस्तो देखिने समितिको कुनै औचित्य र आवश्यकता नरहेको बताएका हुन ।

उनले अहिले सरकारमा सत्ता गठबन्धनका दलहरु सहभागी भएपनि राज्यसत्ता सरकारले चलाउने उल्लेख गरे । त्यस्तै उहाले न्यायलयमा देखिएको गतिरोधका कारण सर्वसाधारणहरु मर्कामा परेको भन्दै गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए । नेता सिंहले बर्तमान परिस्थीतिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको भन्दै संबिधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राखे । उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने पनि बताए ।

नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदानको चचाए गरेको थियो । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार