अफगानिस्तानलाई सुरक्षा सहयोग गर्ने इरानको प्रस्ताव

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७८, बुधबार विश्व

काठमाडौँ । इरानले अफगानिस्तानको सुरक्षामा सहयोग गर्ने प्रस्ताव गरेको छ । इरानका एकजना सुरक्षा अधिकारीले सो प्रस्ताव गरेका हुन् । उनले अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भएपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर भएको हुनसक्ने भन्दै यस्तो अवस्थामा इरानले सहयोग गर्न सक्ने बताएका हुन् ।

उनले खासमा पछिल्लो समयको अफगानिस्तानको सुरक्षा अवस्थाको बारेमा मध्यनजर गर्दै इरान र अफगानिस्तानले संयुक्त रुपमा सुरक्षा अपनाउन सकिने प्रस्ताव गरेका समाचारमा जनाइएको छ ।

इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव अलि सामखानीले सो प्रस्ताव गरेका हुन् । उनले भनेका छन् हालको अफगानिस्तानको सुरक्षा अवस्था नाजुक छ त्यसैले यस्तो अवस्थामा इरान र अफगानिस्तान मिलेर संयुक्त रुपमा सुरक्षा व्यवस्था मिलाउनुपर्छ ।

उनी भारतमा बुधबारदेखि सुरु हुने अफगानिस्तानसमेतको क्षेत्रीय सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुन भारत गएका छन । त्यसअघि उनले सो कुरा बताएको हो ।

उनले भारतमा हुन लागेको सो सुरक्षा बैठकमा सहभागिताका लागि पनि अफगानिस्तानलाई आग्रह गरेका छन । उनले सो बैठकमा सहभागी भएर अफगानिस्तानको अहिलेको अवस्था र यहाँका चुनौतीका बारेमा आफ्ना कुरा राख्न आग्रह पनि गरेका छन ।

हाल अफगानिस्तानमा तालिबानहरुको अन्तरिम सरकार रहेको छ । अमेरिकी सेनाको नेतृत्वको सरकारलाई अपदस्थ गरेर यहाँका तालिबानहरुले केही समय अघि सत्ता कब्जा गरेका हुन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार