एमालेको गढ मानिने सिङ्गो खाले गाउँ नै माओवादी केन्द्रमा प्रवेश

उज्यालो प्रतिनिधि २२ कार्तिक २०७८, सोमबार समाचार

सिन्धुपाल्चोकएमालेको आधारभूमि मानिने चौतारा साँगाचोकगढी नगरपालिका– ३ खालेका ७१ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) वडा नं ३ वडा कमिटीको आयोजनामा भएको एक कार्यक्रमबीच आईतबार उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा दुधराज तामाङ, रेशम तामाङ, आशाबहादुर तामाङ, देव तामाङ, वगाने तामाङ, मिने तामाङ, प्रेमबहादुर तामाङ, राज तामाङ, चीनबहादुर तामाङ, मिलन तामाङ, राजु तामाङ, विशाल तामाङ, बीरकाजी तामाङ, हर्कमान तामाङ रहेका छन् ।

त्यस्तै रामकाजी तामाङ, सोमबहादुर तामाङ, श्रीकामी तामाङ, निरबहादुर बोमज, विशाल तामाङ ‘क’, कृष्ण तामाङ, जितमान तामाङ, साजन तामाङ, अनिश तामाङ, दमई सिं तामाङ, सानुमायाँ तामाङ, दुर्गा लोप्चन, साईला तामाङ, राजु तामाङ, चीनबहादुर तामाङ, कामी तामाङ, सञ्जीमाई तामाङ, आकाश तामाङ, सुन्तली तामाङ, हेली तामाङ, फुलमायाँ तामाङ, सितामाई तामाङ, न्येमा वोम्जन, काजीलाल तामाङ, चीनबहादुर तामाङ, विपरानी तामाङ, मंगली तामाङ, अस्मिता तामाङ, सविना बोम्जन, सुनिता तामाङ, विमला तामाङ, मनिषा तामाङ, पोठे तामाङ, रेशम तामाङ, अस्मिता तामाङ ‘क’, अस्मिता तामाङ ‘ख’, पासाङ लामा तामाङ, वाङडोम्मो तामाङ, ठुलीमाया तामाङ, जरीमाया तामाङ, चरीमाया तामाङ, लालु लोप्चन, संगिता तामाङ, रेलीमाई तामाङ, अशामाई तामाङ, धन बोम्जन, राम बोम्जन, लंखमाई तामाङ, रच्छुमाई तामाङ, रेशम तामाङ, बावु तामाङ, जगजित तामाङ, कामी तामाङ र सांङबहादुर तामाङ रहेको वडा कमिटि अध्यक्ष रामकुमार लामाले जानकारी दिए ।

नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगपालिकाका प्रमख अमानसिं तामाङ, विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय नेता लगाएतले खादा माला लगाएर स्वागत गरेका थिए । माओवादी केन्द्र नै विकासको प्रवद्र्धक भएकाले आफूहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको दुधाराज तामाङले बताए । उनले आगामी दिनहरुमा माओवादी केन्द्रमा रहेर अघि बढ्ने समेत बताए ।

कार्यक्रमकै बीच गाउँ भेला समेत गरिएको छ । गाँउ भेलाले २ वटा टोल कमिटी र २ वटा वाईसियल कमिटी गठन गरेको छ । नवप्रवेशी दुधराज तामाङको अध्यक्षतमा १५ सदस्यीय र रेशम तामाङको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको हो । त्यस्तै भेलाले कान्छामान तामाङको अध्यक्षतामा १५ सदस्यीय र लक्ष्मण तामाङको अध्यक्षतामा १७ सदस्यीय वाईसियल कमिटी गठन गरेको छ । त्यस्तै अनिषा तामाङको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) गाउँ कमिटी समेत गठन गरिएको छ । कार्यक्रममा गायक आस्मान लोप्चनले सेलो भाका गायर सबैलाई मनोरञ्जन दिलाएला थिएकार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटाले विभिन्न आन्दोलन तथा दश वर्षे जनयुद्धको विभिन्न उपलब्धि र गणतन्त्र रक्षाको लागि पुनः सबै एकजुट हुनुपर्ने बताए । ‘हामी एक हुनुको विकल्प छैन’, सापकोटाले भने– ‘हामीले प्राप्त गरेको उपलब्धीहरुको रक्षा गर्दै देशलाई समृद्धितिर लैजानु अहिलेको तात्कालिन आवश्यकता हो ।’

कार्यक्रममा चौतारा साँगाचोकगढी नगपालिकाका प्रमख अमानसिं तामाङले नगरको समग्र विकास तथा वडाको आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार र सडक स्तरोन्नती गर्दै जाने प्रतिवद्धता जनाएका थिए । रामकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यार्थी नेता मिलन लामाले सञ्चालन गरेका थिए ।

उज्यालो नेवटर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार