काेइलाबासमा बस दुर्घटना हुदा २५ जना घाइते, एकजनाकाे अवस्था गम्भीर

शिवु खनाल २१ कार्तिक २०७८, आईतवार लुम्बिनी

काेइलाबास नाकालमही काेइलाबास हुलाकी सडकमा बस दुर्घटना हुदा २५ जना भन्दा बढि घाइते भएका छन् । घाेराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट पिकनिक खान भनी हिडेका गढवा गाउँपालिका वडा नम्बर ८ काेइलाबास चारखम्बा नजिकै ना ४ ख ४३५९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुदा बसमा सवार २५ जना भन्दा बढि यात्रु घाइते भएको र एकजनाकाे अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

भैलाे खेलेर संकलित रकमबाट घाेराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट ४३ जनाकाे समुह काेइलाबास पिकनिक खान भनी हिडेकाे थियोे । घाइतेहरूकाे नाम ठेगान भने अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

। घाइतेहरूकाे उद्दारमा इलाका प्रहरी कार्यालय गढवा, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबास, सीमा प्रहरी चौकी कोइलाबास, गढवा गाउपाफिका वडा नम्बर ५,६,८ का वडाध्यक्षहरू खटिनु भएको छ । घाइतेहरूलाई उपचारको लागि लमही अस्पतालमा रिफर गरिए छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार