मिर्चैयामा जुवा खेलाउने खुशवु होटल एण्ड पार्टी प्यालेसका सञ्चालक साह पक्राउ

उज्यालो प्रतिनिधि २० कार्तिक २०७८, शनिबार २ नं. प्रदेश

सिरहा । मिर्चैयामा जुवा खेलाउने खुशवु होटल एण्ड पार्टी प्यालेसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोकस्थित खुशवु होटल एण्ड पार्टी प्यालेसमा जुवा खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले होटलमा छापा हानेको छ ।

प्रहरी टोलीले छापा हान्ने क्रममा पटक पटक होटलवालालाई च्यानल गेट खोल्नको लागी अनुरोध गर्दा प्रहरीलाई नै अपशव्द प्रयोग गरी होटलको गेट खोल्न अटेरी गरी जुवाडेहरुलाई भाग्ने भगाउने कार्य गरेको अवस्थामा सिरहा मिर्चैया नगरपालिका ५ बस्ने गंगा साहका छोरा २६ वर्षीय सरोज कुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताएका हुन् ।

प्रहरी टोलीले छापा हान्ने क्रममै जुवा खेलिरहेका जुवेडीहरु फरार भएको अवस्थामा जुवाको खालवाट जुवाडेहरुका ६ थान मोटरसाईकलहरु समेत प्रहरी नियन्त्रणमा रहेको छ भने थप अनुसंन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार