नायक कुमार मोक्तानलाई मेगास्टारको उपाधी, कहिले गर्दैछ सम्मान ?

उज्यालो प्रतिनिधि २० कार्तिक २०७८, शनिबार कला/साहित्य

काठमाडौ । नायक कुमार मोक्तानलाई मेगास्टार को रुपमा सम्मान गरिने भएको छ । तामाङ चलचित्र जगतमा १ दशक भन्दा लामो समयदेखी अनवरत रुपमा योगदान दिदै आएका नायक मोक्तानलाई तामाङ चलचित्र क्षेत्रलाई डोर्याउन महत्वपूर्ण भुमिका निभाएका कारण उच्च- मुल्यांकन गर्दै बिरिसु मिडियाले सम्मान गर्न लागिएको हो ।

बिरिसुले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ को टप ५ नोमिनिजहरुको नाम सार्वजनिक कार्यक्रममा उक्त घोषणा गरेको हो। बिरिसु मिडियाले आगामी मङसिर ११ गते अवार्डको फाइनल कार्यक्रम गर्दै छन ।

काभ्रेको रोशि गाउँपालिका साबिक ७ नम्बर वडा चिप्लेमा बुबा देवि सिंह लामा र आमा चन्द्र कुमारीको कोखबाट वि.स २०४१ साल भदौ ८ गते जन्मिएका हुन ।

नायक कुमार मोक्तानले “ह्युलला माया” चलचित्र मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन । उनले हालसम्म मायासे लासी भाग ३ सम्म, दोर्जे डन, ह्युलला कानुन गरि २ दर्जन हाराहारी चलचित्रमा अभिनय गरिसकेका छन ।

बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले कुमार मोक्तानलाई तामाङ चलचित्र क्षेत्रमा दिएको योगदान, त्याग र दर्शकले सर्वाधिक रुचाएका र मन मुटुमा सफल भएका कारण मेगास्टारको उपाधिले सम्मान गर्न लागिएको बताए । अध्यक्ष लोप्चनले दर्शकले कुमार मोक्तानलाई मेगास्टारको रुपमा ग्रहण गरिसकेको समेत बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार