उदयपुरको निपानेगाउँमा बिजुली बलेपछि दियालोबाट छुटकारा, १२० घरपरिवार हर्षित

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७८, शुक्रबार उज्यालो फोकस

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपानेगाउँमा बिजुली बलेपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् ।

विकट पहाडी क्षेत्रमा अवस्थित सो गाउँमा लक्ष्मीपूजाका दिन पहिलोपटक बिजुली विस्तार भएर गाउँ झलमल्ल भएपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको स्थानीयवासी धनबहादुर पुलामी मगर जानकारी दिए । उनले भने, “गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ ।”

त्रियुगा नगपालिका र सो वडा कार्यालयको रु ३० लाखभन्दा बढीको लगाानी र स्थानीयवासीको श्रमदानबाट साउनेको निपानेमा पहिलोपटक बिजुली पु¥याउन सफल भइएको वडा नं १४ का अध्यक्ष कुरुङ राईले बताए । दश वर्षदेखि निपानेमा बिजुली पु¥याउने प्रयासपछि बल्ल यसपटकको लक्ष्मीपूजाका दिन बिजुली बल्न सफल भइएको वडाध्यक्ष राईको भनाइ छ ।

त्रियुगा नगरपालिकाभरि सबैतिर बिजुली यसअघि नै बलेर झलमल्ल भए पनि आफूहरु लामो समयदेखि गाउँमा टुकी बालेर बस्न बाध्य हुनुपरेको बेलामा बल्ल यसपटक बिजुली बल्दा आफूहरु खुशी भएको मगरले बताए । गाउँमा पहिलोपटक बिजुली बाल्न पाउँदा अहिले आफूहरु साह्रै खुशी भएको र विकास भनेको यस्तो हुन्छ भन्ने कुरा अनुभूति गरेको निपानेका गङ्गा मगरले बताए । लक्ष्मीपूजाका दिनदेखि गाउँमा बिजुली बलेपछि निपानेगाउँका १२० घरपरिवार हर्षित बन्न पुगेको स्थानीयवासी बताउँछन् ।

जिल्ला सदरमुकाम गाईघाटबाट २५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित जङ्गलभित्रको दुर्गम निपानेगाउँमा यसवर्ष लक्ष्मीपूजाको दिनदेखि बिजुली बल्न सुरु गरेपछि अहिले सो क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार