माधव नेपाल भन्छन्, ‘बार्दलीमा भुक्ने केपी ओलीलाई भुईमा खसाल्ने मान्छे मै हुँ’

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७८, शुक्रबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल ले बादर्लीमा भुक्ने केपी ओलीलाई भुइमा खसाल्ने मान्छे आफू भएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफ्नो र एकीकृत समाजवादीको बलमा मात्रै ओली भुइमा खसाल्न सफल भएको बताएका हुन् ।

‘संविधानलाई खान खोज्ने, संविधान सिध्याउन खोज्नेलाई हामीले तह लगायौँ, प्रतिनिधिसभाको हत्या गरी त्यसलाई खान खोज्ने अपराध गर्ने मान्छेलाई दण्ड दिने काम गर्यौ, त्यस्तो साहसिक मान्छे हो माधव नेपाल’ उनले प्रश्न सोध्दै भनेका छन्, ‘केपी ओली घोडामा सवार भएको बादसाह, बार्दलीमा भुक्ने मान्छे, बार्दलीबाट खसाल्ने काम गर्यौ, हामीले आँट नगरेको भए ? हिम्मत नगरेको भए, हाम्रो पार्टी एकीकृत समाजवादी अगाडि नसरेको भए, के यो सम्भव थियो ?

उनले आफूहरुले अहिले ओली समुहभित्रको तमासा देखिरहेको समेत बताए । अहिलेको तमासा हुन्छ भन्ने आफूहरुलाई पहिल्यै थाहा भएको र आफूहरु दुरदृष्ट्रि भएको मान्छे भएको बताए ।

आफूहरुको साहसिक कदमका कारण देश, संविधान, संघीयता जोगाएको समेत बताए । ओलीले संविधानको बलात्कार गरेर अपराधिक काम गरेको बताउँदै भने, ‘पार्टीको उद्देश्यमाथि कुठाराघात गर्ने, विदेशीसँग घुडा टेक्ने, गफ ठूलाठूला गर्ने, अनि संविधानको बलात्कार गर्ने काम गरेपछि हामीले ओलीलाई कारबाही गरेका हौँ ।’

अध्यक्ष नेपालले आफूहरु विद्रोही भएको बताए । ०२८ सालमा विद्रोह गरेर पार्टी निर्माण गर्ने मान्छे भएको बताउँदै उनले संगठनलाई मजबुत बनाउँदै राज्य निर्माणमा टेवा पुर्याउन सक्ने समेत बताए । आफू कसैको आशीर्वादका कारण आजको स्थानमा नआएको पनि उनको भनाई छ ।

ओलीले आफ्नोसामु ओलीले फुर्ति नदेखाए हुने समेत बताए । ‘संगठन निर्माण गर्ने म हुँ, गफ हान्ने केपी ओली हो, ओलीले मेरो अगाडि फुर्ति नदेखाए हुन्छ’ उनले थपे ।

केपी ओलीलाई भजनमण्डली मात्रै चाहिएको उनले बताए । कम्युनिष्ट चरित्र भएको मान्छे ओलीसँग बस्ने नसक्ने बताउँदै अध्यक्ष नेपालले भने, ‘भजनमण्डली गाउने, आसेपासे ओलीसँग बस्लान्, इमानदार, कर्तव्यनिष्ठ कम्युनिष्ट ओलीसँग बस्न सक्दैनन् ।’

ओलीको पार्टी कार्यकर्ता आसेपासे भएको बताउँदै उनले भने, ‘आसेपासेहरु ताली पड्काउन मात्रै जान्दछन्, आलोचना गर्न होइन ।’

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार