कतै तपाईंको पासवर्ड लिक भयो कि ? कसरी थाहा पाउने ?

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७८, बिहीबार फोटो समाचार

काठमाडौं । कतै तपाईंको पासवर्ड लिक भयो कि ? कसरी थाहा पाउने ? हामीले आफ्नो ईमेल अकाउन्ट प्रयोग गरी विभिन्न एप वा वेबसाइटमा अकाउन्ट खोलेका हुन्छौं । तर, दिनहुँजसो भइरहने डेटा ब्रिचको घटनामा हामीले अकाउन्ट बनाएका वेबसाइट वा एपका डेटा पनि लिक भएका हुन्छन् ।

हाम्रो अकाउन्ट रहेको कुनै एप वा वेबसाइटको डेटा (पासवर्ड) लिक हुँदा त्यससँगै हाम्रो ईमेल र पासवर्ड पनि लिक भएको हुनसक्छ । लिक भएका यस्ता अधिकांश डेटा डार्क वेबमा राखिएका हुन्छन् ।

हामीले कुन कामको लागि कुन वेबसाइट वा एपमा अकाउन्ट बनाइरहेका हुन्छौं, त्यो पनि याद हुन्न । झन्, त्यस्ता एप वा वेबसाइटको डेटा (पासवर्ड) लिक भएको घटना पनि हामीलाई थाहा नहुन सक्छ ।

एउटै ईमेलले सबैतिर अकाउन्ट खोल्ने र पासवर्ड पनि एउटै राख्ने हाम्रो बानी छ भने हाम्रो ईमेल र पासवर्ड दुरुपयोगको जोखिम उत्तिकै रहन्छ । तर, कुनै ह्याकिङ वा डेटा ब्रिचको क्रममा हाम्रो ईमेल र पासवर्ड लिक भएका छन् वा छैनन् भन्ने थाहा भयो भने तत्कालै पासवर्ड परिवर्तन गरेर हामी सुरक्षित रहन सक्छौं ।

आज हामी तपाईंलाई आफ्नो ईमेल वा कुनै अकाउन्टमा राखिएको पासवर्ड लिक भएका छन् कि छैनन् भनेर थाहा पाउने सजिलो तरिका बताउनेछौं । यसका लागि तपाईंले आफ्नो मोबाइल वा कम्युटरमा मोजिल्ला फायरफक्सको मनिटर टुलमा जानुपर्ने हुन्छ ।

मोजिल्लाको मनिटर टुलमा जान यहाँ क्लिक गर्नुहोस् । मनिटर टुलमा गइसकेपछि आफ्नो ईमेल एड्रेस टाइप गरी ‘चेक फर ब्रिचेज’ मा क्लिक गर्नुहोस् । यत्ति गरिसकेपछि मोजिल्लाको मनिटर टुलले सन् २००७ यता भएका कुनै डेटा ब्रिचको घटनामा तपाईंको ईमेल एड्रेस परेको थियो वा थिएन भनेर जानकारी दिनेछ ।

यसले तपाईंको ईमेल मात्रै लिक भएको थियो वा पासवर्ड पनि लिक भएको थियो भनेर पनि जानकारी दिन्छ । यदि तपाईंको ईमेल कुनै डेटा ब्रिचमा परेको छ र तपाईंले पासवर्ड परिवर्तन गर्नुभएको छैन भने तपाईं जोखिममा रहने सम्भावना धेरै हुन्छ ।

त्यसकारण आफ्नो ईमेल कुनै डेटा ब्रिचमा परेको रहेछ भने तत्कालै पासवर्ड परिवर्तन गनुृपर्छ । र, फरक फरक एप वा वेबसाइटमा अकाउन्ट बनाउँदा फरक फरक पासवर्ड राख्ने गर्नुपर्छ ।

उज्यालो नेटवर्कको होमपेजमा जानुहोस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार