आलोचनापछि योगेश भन्छन्, ‘घुँडामुनि हानेको त टाउकोमै लागेछ कि के हो ?’

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७८, बिहीबार समाचार

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबारे बुधबारबारे टिप्पणीमा भइरहेको आलोचनाप्रति कटाक्ष गरेका छन्।

एमालेको १० औँ महाधिवेशन प्रचारबारे बुधबार पत्रकार सम्मेलनमा बताउने क्रममा योगेशले नेपाल नेतृत्वको पार्टीलाई अवैधानिक सम्बन्धपछि जन्मिएको सन्तान भनेका थिए।

त्यसैलाई लिएर नेपालका कार्यकर्ता र उनका विरोधीलेसमेत आलोचना गरिरहेका बेला उनले जवाफ फर्काएका हुन्।

योगेशले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूले घुँडामा मात्रै हाने पनि टाउकैमा लागेर मित्रहरु बर्बराउन थालेको भनेका छन्।

‘घुँडामुनि हानेको त टाउको मै लागेछ कि के हो? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त!’, उनले बिहीबार बिहान भनेका छन्।

योगेशले नेकपा एमालेले आफूबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो १०औँ महाविधेशनमा अतिथिका रूपमा नबोलाउने बताएका थिए।

एमाले महाधिवशेनमा माधव नेपाललाई बोलाउने कि नबोलाउने भनेर पत्रकारले जिज्ञासा राख्दा भट्टराईले ‘अवैधानिक’, ‘पहिचान स्पष्ट नभएका’ पार्टीलाई नबोलाइने बताएका थिए।

‘कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्’, उनले भनेका थिए, ‘अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागी गराइरहनु पर्दैन। अरू राजनीतिक दलहरू सहभागी हुन्छन्।’

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार