विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समय टिक्छ’

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७८, बिहीबार मुख्य नेटवर्क

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन पूरै समय टिक्ने बताएका छन् । ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धन पूरै समय टिक्छ ।’ उनले अहिले न्यायालयमा चलिरहेको विवादबारे भने बोल्न नचाहेको बताए ।

त्यस्तै ब्रिटिस सेनामा गोर्खाहरूको समस्या समाधानका लागि बेलायत सरकार सकारात्मक रहेको उनले बताए । बेलायती रक्षामन्त्रीले गोर्खा समस्या समाधानका लागि आफूहरु सकारात्मक रहेको बताएको उनले जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार