शिक्षामन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता, एक मिलियन डलर सहयोग गर्ने

उज्यालो प्रतिनिधि १७ कार्तिक २०७८, बुधबार समाचार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलअष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको हो ।

भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्धिपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले शैक्षिक छात्रवृतिको कोटा बढाउन आग्रह गरे ।

‘अष्ट्रेलिया सरकारबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको अवधिसम्म अनुदान सहयोग हुँदै आएको थियो, उनले भने, ‘पछि निरन्तरताको अभाव महसुस भएको छ । हामी १० वर्षे शिक्षा क्षेत्र विकास योजना तर्जुमाको अन्तिम चरणमा छौं, अष्ट्रेलियन सरकारबाट पुनः सहयोगको अपेक्षा गर्दछु ।’
भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताए ।

उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । राजदूत फेलिसिटीले सन्. २०२३ सम्म नेपाललाई १ मिलियन अमेरिकन डलर सहयोग गर्ने बताए ।

उनले नेपाली विद्यार्थीले कोभ्याक्स र एक्सट्राजेनेकाको दोस्रो डोज कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्ननपर्ने सरकारको नीति रहेको सुनाएको थियो ।

भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव,सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।

उज्यालो नेटवर्कको होम पेजमा जानुहोस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार