काठमाडौं । नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बदेलसँग ठोक्किएको छ ।
नेपालगञ्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।
उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । तर जहाजको अगाडिको टायरमा प्वाल परेको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।