काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादीले गठबन्धन बनाउने प्रयत्न गरिरहेको बताएका छन ।
नेपाल निजमती कर्मचारी संगठन(निजामती) ले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले संविधान र परिवर्तित व्यवस्थालाइ मन नपराउनेहरुले सत्ता गठबन्धनलाई तोड्दै प्रतिक्रियावादी गठबन्धन बनाउने प्रयत्न गरिरहेको बताएका छन ।
उनले न्यायलयभित्र भइरहेको अहिलेको गतिबिधि पनि प्रतिक्रियावादी षडयन्त्र नै भएको बताए । उनले केपी ओली नेतृत्वको सरकारले संघीयतामाथि प्रहार गर्ने, संसदीय समितिले तयार पारेका बिधयेकहरुलाई पनि अघि बढ्न नदिने र पार्टीभित्रको बहसलाई बाहाना बनाएर प्रतिनिधिसभा बिघटन गरेकाले नै निरंकुश प्रवृतिबिरुद्ध लड्नु परेको तर्क गरे ।
आफु गणतन्त्रवादी कहिल्यै नरहेको भनेर पूर्वप्रधानमन्त्रीले बोलेको सुनेको भन्दै प्रचण्डले राजनीतिक नेतृत्व रिल्याक्स गर्ने बेला नभएको पनि बताए । प्रचण्डले नेकपा अस्तीत्वसमा रहदा ७० प्रतिशतले केपी ओलीलाई कारवाही गरेको र निर्वाचन आयोगले त्यसलाइ सदर गरिदिएको भए ओलीको राजनीतिक हैसियत त्यहि बेला नै सकिने धारणा राखे ।
त्यस्तै उनले खर्च कम गर्न र धांधली रोक्न तीन तहको निर्वाचनलाई एकैचोटी गर्न सकिने बताए । आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको समेत जानकारी दिए । तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताए ।
कार्यक्रममा प्रचण्डले संगठनको मुखपत्र परागको पाँचौ विशेषाङ्कको बिमोचन गरेको थियो ।