थप ५ सय ३३ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७८, सोमबार कोरोना [Covid-19] विशेष

काठमाडौं । नेपालमा सोमबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ४ सय ६८ पिसिआर परिक्षणका क्रममा ४ सय ४१ जना र ४ हजार १ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार ६ सय ३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ४ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४ सय ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९२ हजार २ सय ७७ जना निको भएका छन् । हाल ९ हजार ३ सय १८ सक्रिय संक्रमित आइशोलेशन र ११८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कको होम पेजमा जानुहोस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार