हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न, चट्टान बने नयाँ हेभी वेट च्याम्पियन

उज्यालो प्रतिनिधि १४ कार्तिक २०७८, आईतवार फोटो समाचार

काठमाण्डौं । नेपालमा पहिलो पटक आयोजना गरीएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरु बिच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा हेभी वेट च्याम्पीयनको उपाधि चट्टानले उचालेका छन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टानआर डब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् । च्याम्पियन बनेका चट्टानले नगद १ लाख ५० हजार पुरस्कार सहितआरडब्लू बेल्ट प्राप्त गरेका छन ।

प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँप्राप्त गरे । ट्याग टिम म्याचमाथगु र एक्स–हिरो संयुक्त रुपमाविजेताबने । उपाधि सहितदुवैले ७५ हजार रुपैयाँप्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँप्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो । खेलाडीहरुको हौसला बढाउन चरिकोट पुगेका मन्त्री अथकले पुरस्कार बितरणका क्रममा खेलाडीहरुलाई थप लगनशिल भएर खेल क्षेत्रमालाग्नप्रोत्साहनगर्नुभएको थियो । उनले नेपालमापहिलो पटक संचालनभएको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवापुग्ने बताए ।

खेलकुदगतिविधिको प्रभावकारी कार्यान्वयनकालागिप्रदेश र स्थानीयतहलाई अझ सक्रियबनाउनआवश्यक रहेको बताउँदै मन्त्रीअथकले प्रदेश खेलकुद परिषदको सक्रियतातारिफयोग्य रहेको भन्दै खुसी समेत व्यक्त गरे ।

प्रदेश खेलकुदविकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले केन्द्र, प्रदेश र स्थानीयतहको सहकार्यबाट मात्र खेलकुदपर्यटनको विकास गर्न सकिने धारणा राखे ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले आगामीदिनमा नेपालमै अन्तराष्ट्रिय स्तरको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता संचालनगर्ने योजना रहेको बताए ।

उज्यालो नेटवर्कको होम पेजमा जानुहोस

https://www.ujyaalonetwork.com/

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार