सम्मानजनक बहिर्गमनको पक्षमा प्रधानन्यायधीश, सहकर्मीलाई पठाए सन्देश

उज्यालो प्रतिनिधि १४ कार्तिक २०७८, आईतवार मुख्य नेटवर्क

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका छन् । उनको राजीनामा मागिरहेका न्यायाधीशहरू आइतबार पनि छलफलमा बसिरहेका बेला प्रधानन्यायाधीश जबराको प्रस्ताव न्यायाधीश मनोज शर्मामार्फत पुगेको थियो । ‘त्यस्तो प्रस्ताव आएपछि न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशको प्रस्तावबारे स्पष्ट कुरा बुझ्न अनौपचारिक रूपमा जिम्मेवारी दिइएको छ,’ सर्वोच्चका एक न्याायधीशले भने ।

प्रधानन्यायाधीश जबराले न्यायको मूल्यमा कार्यपालिकासँग राजनीतिक सौदाबाजी गरेको, उनमा न्यायिक विचलन देखिएको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेकाले उनलाई न्यायिक नेतृत्वका रूपमा स्वीकार गर्न नसक्ने न्यायाधीशहरूको भनाइ रहँदै आएको छ ।

गत मंगलबार प्रधानन्यायाधीशलाई सामूहिक रूपमा भेटेर न्यायाधीशहरूले आफ्ना यस्ता धारणा राखेका थिए । सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले संवैधानिक न्याय प्रणालीलाई नेतृत्व दिन नसकेको, न्यायिक क्षेत्रको नेतृत्वकर्ताका रूपमा जबराको विश्वसनीयतामा ह्रास आएको र त्यसले अदालतप्रतिको जनआस्थामा समेत गम्भीर प्रभाव पारेको भन्दै न्यायपालिकाको नेतृत्वकर्ताको रूपमा उनको निरन्तरता उपयुक्त नभएको बताउँदै आएका छन् ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, पूर्वन्यायाधीश फोरम, संवैधानिक कानून व्यवसायी मञ्ज जस्ता न्यायिक क्षेत्रका संघसंस्थाहरू एक भएर प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका छन् । आइतबार नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।

अदालतमा सुनुवाइ ठप्पप्राय भएको छ । यसरी चौतर्फी रूपमा एक्लो भएपछि प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका हुन् । तर, त्यसको प्रकृतिबारे केही नखुलाएका कारण उनको राजीनामा माग गरिरहेका न्यायाधीशहरूले आफूहरूमध्येबाट तीनजनालाई जिम्मा दिएका हुन् । यी तीन जना न्यायाधीशहरूले आइतबार साँझ नै प्रधानन्यायाधीशसँग छलफल गर्नेछन् । उनीहरूले सोमबार बिहान हुने सबै न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीशले प्रस्ताव गरेको सम्मानजनक बहिर्गमनको मोडालिटीबारे जानकारी गराउनेछन् । त्यसपछि न्यायाधीशहरूले उक्त छलफलबाट थप निर्णय गर्ने जनाएका छन् ।

उज्यालो नेटवर्कको होम पेजमा जानुहोस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार