थप ४ सय ८ जनामा कोरोना पुष्टि, ८ को मृत्‍यु

उज्यालो प्रतिनिधि १४ कार्तिक २०७८, आईतवार कोरोना [Covid-19] विशेष

काठमाडौँ । नेपालमा आइतबार थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ४ सय ७ जनाको कोरोनाका कारण मृृत्यु भएको छ । त्यस्तै थप ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कको होम पेजमा जानुहोस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार