सिन्धुपाल्चोक।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा बनेको मिलनचोक म्हे–म्हे खेल मैदानको उद्घाटन भएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले खेल मैदानको उद्घाटन गरेका हुन् ।
सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दुलालले यसअघि आफू सामाजिक विकास मन्त्री हुँदा खेल मैदानका लागि बजेट विनियोजन गरेका थिए । प्रदेश सरकारबाट पूर्वमन्त्री दुलालको पहलमा ७० लाख बजेट विनियोजन भएको थियो ।
आज (आइतबार) पूर्वमन्त्री दुलालले नै खेल मैदानको उद्घाटन गरेका हुन् ।
खेलकुद क्षेत्रको विकासका लागि भएको यो प्रयास सबैका लागि हौसलाको विषय भएको दुलालले बताए । उद्घाटन समारोहको प्रमुख आतिथ्यता गरेका दुलालले व्यवसायिक क्षेत्रमा खेल क्षेत्रमा लागेका युवाहरुको स्कोप बढ्दै गएको उल्लेख गरे । नेपालको राजनीतिमा आफ्नो ठाउँबाट एउटा एउटा इँटा थप्ने प्रतिबद्धता कार्यक्रममा दुलालले राखे ।
कार्यक्रममा प्रमुख अतिथि युवराज दुलाल शरद, विशेष अतिथि गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, ठूलो बाबु श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ लगायतका थिए । त्यस्तै, नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल, कांग्रेस जिल्ला सभापति विकास लामा, नेकपा एकीकृत समाजवादीका नेता ईश्वरी अधिकारी, नेकपा माओवादी केन्द्रका नेता बीरबहादुर तामाङ लगायतको विशेष आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो ।






