सुदूरपश्चिम : थपिए १७ सङ्क्रमित

उज्यालो प्रतिनिधि १२ कार्तिक २०७८, शुक्रबार सुदुरपश्चिम प्रदेश

बैतडी ।  सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । चौविस घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५५ जनाको नमूना परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सात जनामा पीसीआर र दश जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात, कैलालीका दुई र अछामका एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन्, उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन । यसअघि यस प्रदेशमा विहीबार २९ जनामा सङ्क्रमण पुष्टि हुँदा १२ जना घर फिर्किएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार