सामाजिक र कानुनी प्रश्नको घेरामा सिके राउत समुहको अमानवीय हर्कत

रवि नायक ८ कार्तिक २०७८, सोमबार

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्येवहार गरेका थिए ।

त्यतिमात्रै होइन जनमत पार्टीका अध्यक्ष डा।सिके राउतको टोलीले कार्यालयबाटै कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गर्दै २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक कर्मचारीहरुलाई शहर परिक्रमा गराउनु जंगली राजको प्रतिबिम्ब हो । लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गालीरबेइज्जती तथा कुटपाट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई नाङ्गै नगर परिक्रमा गराउनु गैरकानुनी र अराजकताको पराकष्ठाबाहेक अरु केही होइन ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुखमाथी गरिएको हमला तथा अमानवीय व्यवहारले मानव अधिकारको मात्रै खिल्ली उडाएको छैन, यसले पीडित व्यक्तिको मानसिक स्वास्थ्यमा घातक प्रभाव परेको छ । यो घटनाले कानूनको धज्जी उडाएको छ भने देशले जंगली शाखसनतर्फ मोडेको छ । यो घटनाबाट प्रमाणित गर्छ कि देशको कानुनी शासन कमजोर छ र एउटा समुहले देशमा जे चाहे त्यो गर्न सकिन्छ र कानूनभन्दा पनि माथि एउटा समुह हुन सक्छ । सीके राउत समूहद्वारा सरकारी कर्मचारीहरुमाथि गरेको आक्रमण तथा अमानवीय व्यवहारले लोकतन्त्रलाई एउटा ठूलो धक्का लागेको छ ।

यो यथार्थ हो कि विगतमा सरकारको कमीकमजोरीले केहि जनप्रतिनिधिहरु तथा राष्ट्रसेवक कर्मचारीहरु आफैंलाई आफ्नो क्षेत्रका न्यायको प्रबन्धक मान्छन् र यसैले कानूनलाई आफ्नै हातमा लिन मन पराउँछन् । जुन कानून विपरित हो र यस्ता गलत कार्यको प्रतिकार गर्नुपर्छ तर कानूनको अधिनमा रहि । तर, दुखद कुरा यो छ कि सिके राउतको कार्यकर्ताद्वारा अपनाएको विधि एक गलत नजिर स्थापित गरेको छ र देशमा अराजक समूहले जे पनि गर्न सक्ने नजिर स्थपित हुन जान्छ । भ्रष्टाचार रोकिनुपर्छ तर कानुनलाई हातमा लिएर होइन । कुनै पनि व्यक्तिले अपराध गर्यो भने त्यसलाई कानुन र प्रशासनको दायरामा ल्याउनु पर्यो नकि यस्तो अमानविय र दुव्र्यवहार । कपडा च्यातेर, अर्धनग्न बनाइ, थाल लगाई जनकपुर परिक्रमा गरायो, त्यो पनि गुण्डागर्दी शैलीमा । एक छिनलाई मानौँ, कुनै चिकित्सकद्वारा केहि भुलचुक कुनै प्रकारको गल्ति भए, मुद्धा जित्न सकेन भने के हामी सबैलाई अमानवीय व्यवहार र आक्रमण गर्ने हो ? आजको सबैभन्दा गुरुत्वपूर्ण महत्वको प्रश्न यही हो । यदि नेपाल सरकारले यो घटनाको विस्तृत छानबिन नगरी अपराधीलाई सजाय नदिए देशमा जंगली शासन हुनेछ र एउटा समुहले जे चाहे त्यो हुनेछ। भ्रष्टाचार गर्नु अपराध हो, तर पार्टीको आडमा कसैलाई यस्तो दुव्र्यवहार गर्नु कतिको जायज हो ?

प्रायजसो, जब राजनीतिज्ञ वा कर्पोरेट लबीस्टहरूले सरकारी राष्ट्रसेवक कर्मचारीहरूलाई आक्रमण गर्छन्, तिनीहरू दावी गर्छन् कि उनीहरूले गैर(युनियन निजी क्षेत्रका कडा परिश्रम गर्ने करदाताहरूलाई मद्दत गर्न काम गरिरहेका छन् । तर वास्तविकता चाहिँ आफ्नो स्वार्थ पुरा गर्नु हुन्छ र देशको शान्ति व्यवस्थामाथि आक्रमण हो । कुनै राष्ट्रसेवक कर्मचारीले गल्ती गरेको खण्डमा त्यसलाई दण्डित गर्ने अनेकन कानुनी प्रवधान हुँदा–हुँदै राउतका कार्यकर्ताहरूले कानुनी राज्यलाई उपहास गरेको छ । राउतको कार्यकर्ताद्वारा गरेको कार्यको नीति सही भए पनि विधि सही भएन र हामीले अवगत हुनुपर्छ कि कुनै पनि देशको कानुन र संविधानभन्दा ठूलो कोही हुदैन । आज एउटा समुहले कोहि माथि अमानवीय व्यवहार र आक्रमण गरे र यही नजिरले अरु दिन अर्को समुहले कोहि अरु माथि अमानवीय व्यवहार र आक्रमण गर्ला, अनि यही मात्रै भ्रष्टचार रोक्ने सही उपाय हुन सक्छ ?

हाम्रो छिमिकी मुलुक भारतमा कुनै पनि राष्ट्र सेवकलाई बाधा गर्ने कार्य वा आक्रमण गरे भारतीय दण्ड संहिताको ३३२ अन्तर्गत थप तीनवर्ष सजायको व्यवस्था गरेको छ । जुन, व्यवस्था छ, जुन हाम्रो देशले पनि अपनाउनु पर्ने हो । पीडितको लागि हाम्रो देशको मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा ११८ ९अभद्र व्यवहार गर्न नहुने० जस अन्तर्गत एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवना वा दुवै सजाय हुनेछ, दफा १६८ ९अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने० जस अन्तर्गत पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवना, दफा १९१ ९कुटपिट गर्न नहुने० जसअन्तर्गत तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवना वा दुवै सजाय हुनेछ र दफा २८५, ९आपराधिक उपद्रव गर्न नहुने० जसअन्तर्गत चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिबना हुने भन्ने व्यवस्थाको प्रावधान उपयोग गरी आफ्नो अधिकार सुनिचित गर्नुपर्छ र अपराधीलाई सजाय दिनुपर्छ । ताकी भविष्यमा यस्तो कानूनको धज्जी उडाउने कार्य नहोस् ।

राउतको समुहले कानूनी उपचारको बाटो चुन्नु पर्ने थियो र कानूनी प्रक्रिया अपनाउनु पर्ने थियो । होइन भने उहाँकहाँ जनताको समर्थन छ भने शान्तिपूर्वक रुपले सरकारमाथि दबाब दिनुपर्ने थियो । राउतको समुहद्वारा अपनाएको बाटो एउटा जंगली राजको बाटो हो र यसले देशमा अशान्ति, डर त्रास, अराजकता तथा अत्याचारको माहौल निम्त्याउने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *