कोलम्बियाका मस्ट वान्टेड ड्रग्स माफिया पक्राउ

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७८, आईतवार विश्व

काठमाडौँ ।   कोलम्बियाको सुरक्षा फौजले डायरो आटोनिल युसुगालाई पक्राउ गरेको छ । उनी देशका मस्ट वान्डेट ड्रग्स तस्कर हुन् । राष्ट्रपति इभान डुक्युले ओटोनिल पक्राउले लागुऔषध नियन्त्रणमा ठूलो सफलता मिल्ने बताए । उनले कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबरसँग अटोनिलको तुलना गरे ।

 

इस्कोबर ३ दशकअघि पक्राउ परेका थिए । ओटोनिलमाथि अमेरिकामा कोकिन अवैध रुपमा कोकिन पठाएको, प्रहरीहरुको हत्या गरेको, बालबालिकालाई ड्रग्स कारोबारमा लगाएको, बालबालिकामाथि दुर्व्यवहार गरेको लगायत अभियोग छ ।

कोलम्बियाले यसअघि ओटोनिलबारे सूचना दिने व्यक्तिलाई पक्राउ गर्ने व्यक्तिलाई ८ लाख अमेरिकी डलर पुरस्कार दिइने जनाएको थियो । त्यस्तै, अमेरिकाले यस कार्यमा सहयोग गर्नेलाई ५० लाख पुरस्कार दिइने घोषणा गरेको थियो ।

‘हाम्रो देशमा भइरहेको ड्रग्सको कारोबारविरुद्ध यो यस शताब्दीको ठूलो झट्का हो,’ राष्ट्रपति डुक्युले भिडियो सन्देशमार्फत भने, ‘यो झट्काको तुलना ९० को दशकमा भएकोे पाब्लो इस्काबरको पतनसँग मात्रै गर्न सकिन्छ ।’ ओटोनिललाई पक्राउ गर्ने क्रममा एक प्रहरी घटनास्थलमा मारिएको राष्ट्रपति डुक्युले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार