रौतहटमा तस्करका नाईकेहरुले यसरी गर्छन् तस्करी १

अमित ठाकुर ७ कार्तिक २०७८, आईतवार समाचार

रौतहट।   कोभिड १९ का कारण बन्द रहेको भारत नेपाल बोर्डर खुले संगै तस्करी सुरु भएका छन्। बजार सँग सिमा जोडिएको रौतहट सदरमुकाम गौर सँगठीत तस्करहरुले तस्करी शुरु गरेका छन ।भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार बाट कर्मचारीकै मिलेमतोमा केही व्यापारीले राजश्व छल्दै कम मूल्यांकन राखेर प्रज्ञापन पत्र बनाएर सँगठीत रुपमा तस्करीको कारोबार शुरु गरेका छन । लगभग १८ महिना देखि कोरोनाको कारण बन्द रहेको गौर बैरगनियाको मुख्य नाका तथा १ सय मिटर पुर्व होमपाईप्प र पश्चिम महादेवपट्टी नाकाको वरिपरिबाट तस्करहरुले तस्करी सुरु गरिएको हो। तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा आयातित बस्तुको मूल्यांकन तथा परिमाण न्यून राखेर केही हजार मात्रै राजश्व बुझाएर भन्सार कर्मचारीको मिलेमतोमा दैनिक लाखौं रुपैया बराबरको कपडा, खाद्यान्न तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन ।

मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेता पनि ती सिसिटिभी सर्वसाधारणका लागि मात्र प्रयोग हुने गरेको हो । तर तस्करीका दृश्य र भन्सार कर्मचारीको बदमासीहरु भने क्यामेराले कैद नै गर्न सकेको छैन । “मुख्य प्रवेशद्धार बाटै पिकअप गाडीले दैनिकी तस्करी गरिएता पनि सम्बन्धित निकायको ध्यानाकषिर्त भएको छैन्। यता डिउटीमा खटिने शस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारका कर्मचारीले ठुलो तस्करलाई सलाम ठोकी साना तिना ब्यवपारीलाई दुस्ख दिने गरेका छ। भन्सार अधिकृतको मिलेमतोमा दैनिक लाखौंको राजश्व चुहावट हुदा समेत राजश्व कार्यालय तथा भन्सार विभाग मौन बसेका छन् ।

कसरी हुन्छ तस्करी ?

जिल्ला भरीमा रहेका व्यापारीक केन्द्रहरुले आफैले भारत बाट सामान मगाएर भन्सार काटेर लग्ने प्रक्रिया गाह्रो, झन्झटिलो र महङ्गो हुने भन्दै बिचौलियाको सहारा लिन्छन । बिचौलिया तस्करहरुले भारत बाट आएको पाँच लाखको सामानको मूल्याङ्कन ६० प्रतिशत भन्दा पनि तल पुर्याएर भन्सार अधिकृतको सेटिङ्गमा सो सामान रौतहटका विभिन्न स्थानमा पुर्याउने प्रज्ञापन पत्र त्यार गराउछन । व्यपारीले भारतीय बजारमा एक हजारमा किनेको एउटा साडीको मूल्याङ्कन भन्सारले दुई सय रुपैया भन्दा बढी गर्दैन र सोही मूल्याङ्कन अनुसारको राजश्व काट्ने गर्दछन् ।

यसरी भन्सार कर्मचारीको मिलेमतोमा कागजात तयार भइसकेको पछि एउटै प्रज्ञापनपत्रमा तस्करहरुले पटक पटक गरी दिनभरी सामान ओर्साछन । पाँच पोकाको प्रज्ञापन पत्र बनाएका तस्करले पटक पटक गरी बिस पोका सामान त्यही प्रज्ञापनपत्र देखाएर सुरक्षाकर्मीलाई छल्ने गर्छन ।
यसरी तस्करले भारतबाट आएको पाँच लाखको सामान कुनै व्यापारीको पसल सम्म सकुशल पुर्याए पछि पाँच लाखको १५ देखी २० प्रतिशतको रकम उनीहरुले कमिशन लिन्छन । यसरी पाँच लाखको सामानलाई एकलाखको मूल्याङ्कन गराएर राजश्व तिरे पछि व्यापारी, भन्सार कर्मचारी र तस्करले गौर भन्सारलाई लुटिरहेका छन । गौर भन्सार बाट सँगठित रुपमा केही तस्करहरुले भन्सार अधिकृतको मिलेमतोमा तस्करी गरि रहेका छन । राजश्व संकलनमा खटनु पर्ने भन्सार कर्मचारीले नै तस्करहरुलाई सुरक्षाकर्मीबाट जोगिने गरि कागजात बनाएर प्रतिदिन राज्यको लाखौं रुपैंया छल्ने गरेका छन ।
सदरमुकाम भन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी बाट सबै भन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि तस्करहरुले यो नाका बाट प्रत्येक दिन हजारौ कार्टुन मदिरा भारत पठाइरहेका छन । सदरमुकाम भन्दा पूर्व पट्टि रहेको बेलबिछवा र सो सँगैको ब्रह्मपुरीबाट भारतीय गाँउ आदमबान र मुसाचक सम्म तस्करहरुले मदिरा पुर्याउने गर्दछन ।

यसै गरी रौतहटको पश्चीमी नाका बंकुल बाट खानेतेल, चिनी, दाल, कपडा, मोटर तथा स्पेयर पार्टस तस्करी हुने गरेको छ । सिमावती भारतीय बजार घोडासहन बाट झरोखर पोखरी हुदै नेपाली सिमामा तस्करहरुले सामान भित्राउने गर्दछन । यसरी आएको सामान बंकुल बाट सोनरनिया, शितलपुर बैरगनिया हुदै कटहरीया बजार सम्म पुग्ने गर्दछ । सिमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलले चोरी निकासीमा कडाइ तथा निगरानी बढाए पछि भन्सार कार्यालय बाटै कागजपत्र मिलाएर सुरक्षाकर्मीको आँखा छल्ने काम शुरु भएको हो । “हामीले सिमामा रहेका प्रत्येक यूनिटलाई चोरी निकासी रोक्न परिचालन गरेता पनि भन्सार कर्मचारीले विभिन्न समानका मुल्यांकन नै कम गरि सुरक्षाकर्मीको आँखामा धुल्लो झोकिरहेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार