लिभरपुलमै करियर टुंग्याउने सलाहको चाहना

उज्यालो प्रतिनिधि ६ कार्तिक २०७८, शनिबार खेल

काठमाडौँ ।   मोहम्मद सलाहले लिभरपुलमै आफ्नो करियर टुंग्याउने इच्छा व्यक्त गरेका छन् । २९ वर्षीय इजिप्टेली फरवार्डले लिभरपुलका लागि २ सय १४ खेलमा १ सय ३७ गोल गरेका छन् । उनी २०१७ मा इटालियन क्लब एएस रोमाबाट ३४ मिलियन पाउन्डमा लिभरपुल आएका थिए । यस सिजन सलाहले १२ गोल गरिसकेका छन् ।

 

लिभरपुलसँगको उनको सम्झौता आगामी सिजनको अन्त्यमा सकिनेछ । ‘यो कुरा मेरो हातमा छैन । तर, यदी मेरो इच्छा सोध्नुहुन्छ भने फुटबल करियरको अन्तिम दिनसम्म यही क्लबबाट खेल्न मन छ । तर, क्लबले जे चाहन्छ, त्यही हुन्छ,’ सलाहले स्काई स्पोर्ट्ससँग भने,‘अहिलेको अवस्थामा म कहिल्यै लिभरपुल विरुद्ध खेलेको कल्पना पनि गर्न सक्दिन । यस्तो कुरा गर्नु मेरा लागि कठिन छ । यदि यस्तो भयो भने म निकै दुःखी हुनेछु ।’

सलाहले इजिप्टको अल मोकालोनबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि लिभरपुल आउनुअघि उनले बासेल,चेल्सी,फियोरेन्टिना र रोमाबाट खेले । लिभरपुलले आइतबार इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । यस बहुप्रतिक्षित भिडन्तअघि क्लबले सलाहबाट निकै ठूलो आशा गरेको छ । सलाहले पछिल्ला ९ खेलमा लगातार गोल गरिरहेका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार