बैतडीमा पाँचवर्षीय बालकसहित दुई मृत फेला

उज्यालो प्रतिनिधि ५ कार्तिक २०७८, शुक्रबार मुख्य नेटवर्क

बैतडी ।   पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए ।

यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन् । सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार