अब मालपोत कार्यालय कटारीको सबै काम अनलाईनबाट

उज्यालो प्रतिनिधि ५ कार्तिक २०७८, शुक्रबार प्रविधि

कटारी । उदयपुर जिल्लाको मालपोत कार्यालय कटारीले अनलाइन प्रणाली मार्फत भू–सेवा केन्द्र सुरु गरेको छ ।

मालपोत कार्यालयबाट हुने जग्गा दर्ता तथा नामसारी अनलाइनबाट नै हुने व्यवस्था कार्यान्वयनमा ल्याईएको हो । मालपोत कार्यालयमा भू–सेवा केन्द्र लागू भएपछि लिखित रुपमा भइरहेको काम भने पूर्ण रुपमा बन्द हुने बताइएको छ । भू–सेवा सञ्चालन भएको अवस्थमा लिखित पास गर्न नपाईने र सबै काम अनलाईनबाट हुने मालपोत कार्यालय कटारीका प्रमुख नेत्रराज भण्डारीले जानकारी दिए ।

भू–सेवा केन्द्रको सुरुवातपछि मालपोतको सम्पूर्ण लेखापढी सेन्टर भू–सेवा केन्द्रमा रुपान्तरण हुनेछन् । जग्गासम्बन्धी सम्पूर्ण काम अनलाइन प्रविधिबाट हुने भएकाले भू– सेवा बाट सेवा लिदा सरल र सहज भएको सेवाग्राहीले बताएका छन । भू–सेवा केन्द्रमार्फत हस्तलिखित जग्गाधनीपूर्जा विस्थापित हुने र कार्यलयमा भीडभाड समेत बन्द हुने मालपोत कार्यलय कटारीले जनाएको छ ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार