थुक्क !

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७८, बिहीबार कला/साहित्य

तैंले पिउँदा – सोमरस !
मैले पिउँदा – जाँड ?
थुक्क तेरो चेतना !

तँ मात्तिदा – लीला !
म मात्तिदा – जड्याहा ?
थुक्क तेरो संस्कृति !

तेरो जन्म चैं मुख !
मेरो जन्म चैं खुट्टा ?
थुक्क तेरो धर्म !

विद्वान रावण चैं राक्षस !
गँजेडी महादेव चैं ईश्वर ?
थुक्क तेरो शास्त्रीय वर्णन !

प्रजापालक महिषासुर चैं – असुर !
बलात्कारी इन्द्र, विष्णु, ब्रह्मा चैं सुर ?
थुक्क तेरो नौटंकी आस्था !

प्रेम चाहने सुपर्णखा चैं राक्षसनी !
हत्यारा राम-लक्ष्मण चैं भगवान ?
थुक्क तेरो एकांकी भक्तिगान !

अन्धभक्तिको पराकाष्ठा तैँ
शोषणको एक्लो पर्याय तैँ
विभेदको समग्र समष्टि तैँ
लौ न बताई दे
कुन कोणबाट देखिन्छस् तँ आर्य ?

सृष्टिको गीत-संगीत मैँ
तेरो महादेवको त्रिशुल बनाउने मैँ
सिङ्गो ब्रह्माण्ड कै चालक वर्ग मैँ
लौ न बताई दे
कुन साध्यबाट प्रमाणित हुन्छु म अनार्य ?

मन्दिरलाई तैंले
मन्दिरभन्दा बेशी वधशाला बनाइस् !
तेरो भगवानलाई तैंले
राक्षसभन्दा बेशी निकृष्ट बनाइस् !
थुक्क तेरो निकृष्ट सोच !

मेरो खुन-पसिना चुस्ने तँ
ल भन् -तँ राक्षस कि म ?
मेरो श्रम- सीप लुट्ने तँ
ल भन् – तँ नीच कि म ?

विभेद गर्ने तेरो संस्कृतिलाई
अछुत बनाउने तेरो धर्मलाई
खुट्टाबाट जन्माउने तेरो शास्त्रलाई
हामी पस्ने बित्तिकै अपवित्र हुने तेरो मन्दिरलाई

अब हामी सँग केवल
एक मुख खकार बाँकी छ
सिङ्गो साठी लाख समुदायसँग
साठी दुना एक सय बीस लाख खुट्टा बाँकी छन्

थुक्क ! थुक्न बाँकी
थुकको एक सागर बाँकी छ ।

ओ धार्मिक सत्ता !
सक्छ्स् भने
खकार , थुक र खुट्टाको पनि हत्या गर् !

कमरेड सतिसाल
भरतपुर-११, चितवन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार