रोनाल्डोको गोलमा युनाइटेडको उत्कृष्ट कमब्याक

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७८, बिहीबार खेल

काठमाडौँँ ।   खेल सकिन ९ मिनेट अघि हेडरमार्फत क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अटलान्टाविरुद्ध ओल्ड ट्राफोडमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा युनाइटेडले २ गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ।

 

मारियो पासालिक र मेरिह डेमिरालले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० गोलले पछि परेको थियो । हाफटाइम ब्रेकमा युनाइटेडका समर्थक नै आफ्नो टोलीमा माथि खनिन थालेका थिए । तर, दोस्रो हाफमा भने खेलको दिशा नै परिवर्तन भएको थियो ।

खेलको ५३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल फर्काए । ७५ औँ मिनेटमा कप्तान ह्यारी मग्वायरले बराबरी गोल गोल । त्यसपछि खेलको ८१ औँ मिनेटमा लुक शको पासमा हेडमार्फत गोल गर्दै रोनाल्डोले पुनरागमन पुरा गरे । प्रतियोगितामा उनको यो १३७ औँ गोल थियो ।

जीतसँगै युनाइटेड ६ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ । समूहको अर्को खेलमा भिल्लेरियालले योङ ब्वाइजलाई ४–१ गोलले हरायो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार