अवरुद्ध १४ सडक खुलाइँदै

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७८, बिहीबार समाचार

काठमाडौँ ।   विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पुर्योएको सडक विभागले जनाएको छ ।

 

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिए ।

वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको महानिर्देशक थापाले जानकारी दिए । त्यसैगरी उनले साँफेबगरबाट मार्तडी जाने सडक पुनः अवरुद्ध भएको बताए ।

यसअघिको वर्षायाममा अवरुद्ध भएको सो सडक एक महिनाअघि मात्र सञ्चालनमा आएको थियो । उनले महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म ठाउँठाउँमा अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको जानकारी दिए । त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर–राजापुर खण्डको सतीघाट भन्ने ठाउँमा ठूलो क्षति पु¥याएको उनले जानकारी दिए ।

महानिर्देशक थापाका अनुसार बेँसीसहर चामेबाट मनाङ जाने सडक पुनः अवरुद्ध भएको छ । वर्षाले क्षति भएको यो सडक दुई महिनाअघि मात्र सञ्चालनमा आएको थियो । त्यसैगरी मुस्ताङ जाने सडकको काभ्रेभीर भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ ।

केही दिनको वर्षाका कारण मुलुकभरि सञ्चालनमा आइसकेका कुनै पनि पुलमा अहिलेसम्म क्षति नपुगेको उनले स्पष्ट पारे । उनले वर्षाले क्षति भएका राजमार्ग तथा सडकमा अबको पाँच दिनभित्र आवागमन हुने गरी मर्मत कार्य सुरु भइसकेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार