बझाङको खप्तडछान्नामा पहिरामा परी ४ को मृत्यु

उज्यालो प्रतिनिधि ३ कार्तिक २०७८, बुधबार मुख्य नेटवर्क

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरामा परी चारजनाको मृत्यु भएको छ ।

घरमाथि बाट पहिरा खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुई÷दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नं ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी श्रीमती रहेका छन् । त्यस्तै वडा नं ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि पहिरामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार