सिन्धुपाल्चोक। हेलम्बुमा नेपाली काङ्ग्रेस परित्याग गरि दुइ दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् नेकपा (माओवादी केन्द्र)हेलम्बु-५ को प्रथम वडा अधिवेशनमा पुर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज दुलालले नवप्रवेशीहरुलाइ खादा लगाएर स्वागत गरेका हुन् ।
अधिवेशनमा प्रमुख अतिथि युवराज दुलालले अहिलेका सबै परिवर्तन माओवादीले गरेको र देश माओवादीको एजेन्डामा चलिरहेको बताउँदै अब बिकास निर्माणको नेतृत्व पनि माओवादीले नै गर्ने बताए । जनताको सुखदुःख र बिकास निर्माणमा सधै सँगै रहने बताउँदै प्रमुख अतिथि दुलालले स्थानीय स्तरमा भइरहेका ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारको विरुद्ध दर्होसँग उभिन र बिकासको पक्षमा निर्धक्क सँग लाग्न कार्यकर्तालाई आग्रह समेत गरे ।
अधिवेशनलाई माओवादी केन्द्र सिन्धुपाल्चोक प्रतिनिधि सभा-२ का अध्यक्ष भरत थापा, हेलम्बु गाउँपालिका इन्चार्ज बलराम बिक, हेलम्बु गाउँपालिका अध्यक्ष पेमा ह्योल्मो, नेत्री बिमाया तामाङ लगायतले सम्बोधन गरेका थिए । अधिवेशनले रमेश तामाङ इन्चार्ज रहनेगरी मिङमार तामाङको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी र अखिल क्रान्तिकारी, वाइसीएल लगायतका जनवर्गीय संगठन समेत निर्माण गरेको माओवादी केन्द्रका युवा नेता समीर गिरिले जानकारी दिए ।
हेलम्बु-५ लाई यसअघि नेपाली काङ्ग्रेसको महत्त्वपूर्ण किल्ला मानिँदै आएको छ ।






