विप्लव नेकपाका केन्द्रिय सदस्य चन्दको निधन

उज्यालो प्रतिनिधि २९ आश्विन २०७८, शुक्रबार फोटो समाचार

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंगको निधन भएको छ । बिरजंग नेकपाका महासचिव विप्लवका सहोदर जेठा दाजु हुन् ।

उनको भारतको नयाँ दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार बिहान निधन भएको नेकपा श्रोतले बताए । उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको बिरामी थिए ।

उनी विप्लव नेकपाको केन्द्रिय सदस्य थिए । जनयुद्ध कालमा तत्कालिन नेकपा माओवादीको पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारीसमेत उनले सम्हालेका थिए ।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

कपिलबस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ बर्षिय बिरजंगका दुई छोरा र एक श्रीमती छन् । विरजंगको शुक्रबार नै कपिलबस्तुको शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार