साफ च्याम्पियनसिपको उपाधिको लागि शनिबार नेपाल-भारतको भीडन्त

उज्यालो प्रतिनिधि २८ आश्विन २०७८, बिहीबार खेल

काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार रातिको खेलमा माल्दिभ्सलाई ३–१ ले हराउँदै भारतले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो ।

भारतका लागि कप्तान सुनील क्षेत्रीले २ र मनवीर सिंहले १ गोल गरेका थिए । त्यस्तै माल्दिभ्सका लागि अली अस्फाकले १ गोल गरेका थिए । जितसँगै भारत ८ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ ।
बुधबारको अर्का खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो । नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेको पहिलो पटक हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार