सवारी दुर्घटनामा परी निधन भएकाप्रति राष्ट्रपतिद्धारा श्रद्धाञ्जली

उज्यालो प्रतिनिधि २७ आश्विन २०७८, बुधबार समाचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठुलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटमार्फत् बडादसैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेलधुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रायः चाडबाडका बेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटक पटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराएकी छन् ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार