चिमचिमे नाकामा बिजुली बल्दा स्थानीयवासी हर्षित, सल्लाको दियालोबाट छुटकारा

उज्यालो प्रतिनिधि २७ आश्विन २०७८, बुधबार समाचार

शिवु खनाल
चिमचिमे नाका, २७ असोज
भारतसंग जोडिएको दाङ देउखुरी गढवा गाउँपालिकाको सबै भन्दा विकट वडा मानिने वडा नम्बर २ को चिमचिमे नाकामा पहिलो पटक विद्युत् पुग्दा नाकाबासीहरु हर्षित भएका छन् । विद्युत् वत्तीको उद्घाटन हुने भनेपछी लठ्ठिको सहारामा उद्घाटन कार्यक्रममा पुगेका गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमे नाका निवासी ७३ बर्षिय तुलाबहादुर रोकायले विगतलाइ सम्झदै भन्नुभयो, पहिला उज्यालोको व्यवस्था गर्नका लागी झर्को ल्याउन जंगल जाँदा एक दिन पुरै काट्नु पथ्र्यो । किताव पढ्नका लागी पनि त्यसैले उज्यालो बनाइ पढ्थ्यौ । हामी त्ययो बेला घरमा कुराकानी गर्दा अब हामी मरेपछी आउछ होला विजुली भनेर कुराकानी गथ्र्यौ ।’ अहिले बुढेसकालमा आफ्नै हातले विजुल्ली बाल्न पाउँदा आफैलाइ खुसी महसुस भएको छ, रोकायले भन्नुभयो ।
गाउँमा बत्ति बलेपछी घरमा उज्यालो मात्र नभइ पढ्नलाइ समेत आफुहरुलाइ समेत सजिलो भएको स्थानीय टंकबहादुर थापाले बताउनुभयो । गतवर्ष देखी विद्युत् विस्तार कार्यसुरु भएको केन्द्रीय सरकारको दुइकरोड र वडाको एकलाख सहयोगमा चिमचिमे नाकामा बत्ति बलेपछी गाउँ उज्यालो मात्र नभइ आगामी दिनहरुमा स–साना घरेलु उद्योगहरु संचालन गरी बढी भन्दा बढी फाइदा लिन सकिने र दिगो व्यवस्थापनको लागी समेत वडाबाट हुने सहयोगमा आफु सदैव लागी पर्ने गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तुराम चौधरीले बताउनुभयो । चिमचिमे नाकामा पहिलो पटक बत्ति बल्ने हो भनेपछी, स्थानियहरुले दुइलाख बराबरको श्रमदान पछी बत्ति बाल्न सफल भएको बताउनुहुदँै, वडालाइ उज्यालो युक्त वडा बनाउने योजनामा आफु लागिरहेको बताउनुभयो ।
करिब एकवर्ष पछि बिजुली बलेपछि चिमचिमे नाकाका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । दशैँको मुखमा गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमे नाकाका ८५ घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको गाउँका स्थानीयवासी रामवरण चौधरीले बताउनुभयो । उहाँले गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही शाखाले ५० किलोवाट क्षमता भएको विद्युत्ले ८५ घरधुरीले बिजुली बालिरहेका छन् । नाकाका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो । अर्का स्थानीयवासी कुसुम चौधरीका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर गढवा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको हो । कालाकाटे डढवा सडक देखि चिमचिमे नाकामा ८ किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेज विद्युत् प्रभाव भइरहेको छ । नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र लमहीका प्रतिनिधि अर्जुन यादवले ३३ वटा मिटर निकासी मध्य अहिलेसम्म चिमचिमे नाकाको २० वटा घरमा मिटर जडान गरिएको जानकारी दिनुभयो । उहाँले अव अन्य थप ५६ वटा मिटर जोड्न बाकी रहेको बताउनुभयो ।
दुर्गम क्षेत्रलाई प्राथामिकता ः मन्त्री थारु
लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले मंगलवार चिमचिमे नाकामा पुगेर विद्युत् वत्तीको उद्घाटन गर्नुभएको छ । वत्ती उद्घाटन गर्दै मन्त्री थारुले दशैँको मुखमा झिलिमिलि चिमचिमे बनाउने लक्ष्य पुरा भएको बताउदैँ, विकासको पूर्वाधार विद्युत् महत्वपूर्ण आधार भएको बताउनुभयो । मन्त्री थारुले सबैको सहयोगले मात्रै विकास सम्भव भएको बताउनुहुदैँ, नमुना गाउँ बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । ‘दुर्गम क्षेत्रमा विकास पु¥याउने उद्देश्य र हाम्रो राजनिति र विचार पनि त्यही नै भएको हुनाले ठगिएका बस्ती र दुर्गम क्षेत्रलाई प्राथामिकता दिएर अगाडि बढेका छाँै । दुर्गम क्षेत्रमा राज्यले दिनुपर्ने आधारभुत सुविधाहरु हामी क्रमश लागु गर्दै गइरहेको र अव भारतसंग जोडिएको सीमाक्षेत्रमा खानेपानीको समस्या समाधानको लागि दिर्घकालीन योजना बनाएर अगाडि बढ्नेछौँ, मनत्री थारुले भन्नुभयो । ‘नाकामा विद्युत त आयो तर, यसको सदुपयोग कसरी गर्नुहुन्छ, त्यो जिम्मेवारी यहाँहरूको हो ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार