ट्र्याक्टर दुर्घटनामा एमाले जिल्ला अध्यक्षको छोराको मृत्यु

उज्यालो प्रतिनिधि २७ आश्विन २०७८, बुधबार समाचार

बैतडी । महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ ।  योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार