ट्याक्टर दुर्घटनामा एकको मृत्यु

उज्यालो प्रतिनिधि २७ आश्विन २०७८, बुधबार समाचार

ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एकजनाको मृत्यु भएको छ । मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा २३ वर्षीय योगेश पालको मृत्यु भएको हो । उनी नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको छोरा हुन् ।

डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका पालले नै ट्याक्टर चलाएका थिए । उनी घटनापछि गम्भीर घाइते भई जिल्ला अस्पताल बैतडीमा उपचारका लागि लगिएका थिए । त्यहाँ उनको मृत्यु भएको थियो ।

दुर्घटनाको कारण भने खुलेको छैन। मृतक पाल केही समय अगाडि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उक्त दुर्घटनामा मुश्किलले बाँचेका उनको ट्याक्टर दुर्घटनामा निधन भयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार