देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभा भब्य रुपमा सम्पन्न (फोटो फिचर सहित )

उज्यालो प्रतिनिधि २६ आश्विन २०७८, मंगलवार BOX NEWS

अमित ठाकुर,
असोज २५,रौतहट । आषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण केहि समस्या उत्पन्न भएको कारण ३ महिना ढिलो भए पनि देवाही गोनाही नगरपालिकाको पाँचौ अधिवेशन सोमबार भव्य रुपमा सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टीको नगर प्रमुख भएको देवाहीगोनाही नगरपालिकामा नेकपा एमाले , नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधिहरुको अवरोधको कारण ३ महिना ढिलो सोमबार भब्य रुपमा पाँचौं नगरसभा सम्पन्न भएको छ ।राजनीतिक दलको निर्वाचित जनप्रतिनिधि विच सहमति भएपछी नगर अधिबेशन शान्ति पूर्ण बातावरण मा सम्पन्न भएको हो । नगर प्रमुख धर्मेन्द्र पटेलले अधिवेशनमा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तु गगर्नु भएको थियो । नगर प्रमुख पटेलले आगामी आर्थिक वर्षको लागि ४९ करोड ८६ लाख १५ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ ।आन्तरिक आयबाट १ करोड प्रद्रेश सरकार संघीय सरकारको राजश्व बाडफाडबाट ७ करोड ६० लाख ६२ हजार , केन्द्र तथा प्रदेश सरकार बाट सशर्त अनुदान तर्फ १७ करोड ४५ लाख ,अन्तरसरकारी बितिय हस्तान्तरण बाट १० करोड ८८ लाख, केन्द्र सरकार बाट प्राप्त हुने बिषेस अनुदान २ करोड २४ लाख, प्रदेश सरकार बाट प्रदान हुने सम्पुरक तथा बिशेष अनुदानबाट ५० लाख रुपैयाँ व्यय रहेको प्रस्तुत नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ १४ पेजको लामो प्रस्तुत नीति कार्यक्रममा पूर्वाधार , शिक्षा , स्वास्थ्य , कृषि सिचाई , पशु ,मनोरंजन खेलकुद , उद्योग तथा बाणिज्य पर्यटन सहकारी क्षेत्रलाइ प्राथमिकता दिइएको छ ।देवाहीगोनाहीको पाँचौं नगरसभाको नगरप्रमुख धर्मेन्द्र पटेल र उपप्रमुख परनिया देवी पटेलले पानसमा बती बालेर उद्घाटन हार्नु भएको थियो ।सहिदहरुको सम्झनामा १ मिनेट मौन धारणको साथ् साथै राष्ट्रिय गान बाट पाँचौ अधिवेशन सुरु भएको नगरपालिकाले जनाएको छ । देवाहीगोनाही नगरपालिकाको पाचौं नगरसभामा नगरपरिषदको सफलताको कामना गर्दै नगर उपप्रमुख परनिया देवी पटेलले शुभकामना व्यक्त गर्नु भएको थियो । देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभाको अवशरमा सुरक्षा निकायको प्रतिनिधि तथा नगरपालिकाको कर्मचारीलाई नगर प्रमुख र उप प्रमुखले दोसाला ओढाएर समान समेत गर्नु भएको थियो । उक्त नगर परिषदमा कार्यापालिका सदस्य कर्मचारी पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।wp-image-143702″ />

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार