प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

उज्यालो प्रतिनिधि २५ आश्विन २०७८, सोमबार समाचार

शिवु खनाल/दाङ । उत्सर्ग फिल्मस् नेपालले सञ्चारकर्मी एवं गीतकार सविन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, सञ्चार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रूपान्तरणमा विशिष्ट योगदान पु¥याएकाले प्रियासनलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं सञ्चार क्षेत्रमा क्रियाशील छन् । रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास, सपनाभित्रको सपना (कथा संग्रह) र सम्पादकीय (लेख संग्रह) गरी साहित्यकार प्रियासनका १२ वटा कृति प्रकाशित छन् ।

दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्माताहरु छन। उनका ७ वटा गीतहरू रेकर्ड भएका छन् । प्रियासन गत वर्ष जनसेवा पदकबाट विभूषित भएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार