चाडपर्वमा आपराधिक क्रियापकलाप रोक्न सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन

उज्यालो प्रतिनिधि २५ आश्विन २०७८, सोमबार समाचार

शिवु खनाल/सिरियानाका । चाडपर्वमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियापकलाप रोक्न दाङका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाइ निर्देशन दिएको छ ।

भारतसँग जोडिएका ३४ वटा सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताए । उनले सीमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए ।

नेपालीको महान चाड दसैं, तिहार तथा छठलाई लक्षित गरी दाङ प्रहरी र सशस्त्र प्रहरी बलले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । चाडपर्वलाई लक्षित गरि सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथी बढाउँदै सीमा सुरक्षालाई थप चुस्त बनाएको हो ।

जिल्लाका अन्य सुरक्षा निकायसहित स्थानीय तहसँग समन्वय गरेर सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै लगिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्का अनुसार दाङका ३४ वटै सीमाक्षेत्रमा चाडपर्वलाई मध्यनजर गर्दै अहिले सामान्य अवस्थामा भन्दा तेब्बरको संख्यामा सशस्त्र प्रहरीका जनशक्ति खटाइएको छ ।

‘अहिले हरेक १७ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको टोली खटिएको छ, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले भन्नुभयो,—। ‘अहिले आवतजावतलाई पूर्ण निषेध गरिएको छ ।’ सशस्त्र प्रहरी बल २९ नं. हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख टोप खनालले सीमा क्षेत्रमा यसअघि ३ वटा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) भएको जानकारी दिदैँ, हाल बीओपी संख्या बढाएर ५ वटा पु¥याइएको बताउनुभयो ।

उनले ८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा अहिले ५ वटा (बीओपी) ८ वटा फरवार्ड बेस, बोर्डर मोनिटरिङ् पोष्ट ३ वटा स्थापना गरिएको छ ।

८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा १२ वटा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुनेछ, उनले भने । उनका अनुसार सीमामा स्थायी ड्यूटी, सवारी, मोबाइल, पैदल र साइकल गस्तीलाई पनि बढाइएको छ । सशस्त्र प्रहरीले दाङको कोइलाबास सीमा क्षेत्रमा हेल्थ डेस्कमा पनि सञ्चालन गरेको छ ।

जसमा अहिलेसम्म एक हजारभन्दा बढीले सेवा लिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको मुसि, कोइलाबास, सिरिया, खांग्रा, डगमारा र भैँसाही सीमा नाकाका सुरक्षाकर्मीलाई आपराधिक गतिविधि तथा शंकास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिएको दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।

चाडपर्वको बेला भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैँक, वित्तीय संस्था जस्ता ठाउँमा प्रहरीले विशेष निगरानी राखेको छ । साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार