धाप्लाङमा अलपत्र यात्रुहरुको कथा

उज्यालो प्रतिनिधि २५ आश्विन २०७८, सोमबार समाचार

धाप्लाङ । दसैंको आगमन सगै घर फर्किने मान्छेहरुको चाप बढे सगै खोटाङको दक्षिणी नाका बराहपोखरी गाउँपालिकाको धाप्लाङमा यात्रुहरुको भिडभाड उच्च भएको छ दैनिक २,३ वटा सानो गाडीले धाप्लाङ,बराहपोखरी यात्रु ओसारपसार गर्ने यो रुटमा अहिले यात्रुको चाप अनुसार गाडिको ब्याबस्थापन गर्न नसक्दा बराहपोखरी गाउपालिकाको धेरै यात्रुहरु अहिले धाप्लाङमा अलपत्र परेकाछन ।

देश बिदेशबाट दसैंमा घर फर्किएका साथै विभिन्न कामको शिलशिलामा गाइघाट धरान बेल्टार गएर घर फर्किने यात्रुहरु ३०,४० किलोमिटरको यात्राको लागि दिउसै आइपुग्दा पनि यहि ठाउमा बास बस्नुपर्ने बाध्यता भएको छ यातायात ब्याबसायिहरुले यात्रुहरुलाइ उपलब्ध ट्याक्टर साथै सुमो बुलेरोमा गन्तव सम्म पठाउने कार्य गरिरहेको भए पनि सम्भव नभएको ब्याबसायिहरु बताउछन ।

बराहपोखरी गाउपालिका उपप्रमुख गोमा मगरको घर यहि भए पनि ब्याबस्थापनको लागि कुनै चासो देखाएको छैन साथै कोभिड(१९ को संकट कायम नै रहेकोले यात्रुहरुको आगमन तथा भिडभाडबाट बढ्न सक्ने जोखिम नियन्त्रणको लागि पनि कुनै पुर्वतयारी स्थानिय तह तथा स्थानिय प्रशासनले नगरेको हुदा जनतामा त्रास बढेको छ ।

पालिका भित्रको सडक स्तरोन्नति तथा पालिका जोड्ने धाप्लाङघाटको मोटरेवल पुल निर्माणमा स्थानिय जनप्रतिनिधि तथा संघीय सांसद विशाल भट्टराईले जनतालाई झुठो आश्वासन मात्रै बाढ्ने तर निर्माण कार्यको लागि पर्याप्त बजेट बिनियोजन तथा प्रतिबद्धता अनुसार कुनै काम नगरेको हुदा अहिले जनताहरु सास्ती भोग्न बाध्य छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार