मगर हत्याको घटनाले जिल्लामा त्रास सिर्जना

उज्यालो प्रतिनिधि २५ आश्विन २०७८, सोमबार समाचार

झापा । जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।

बङ्गुर फ्रेस हाउस चलाउँदै आउनुभएका उनको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । बडादसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ ।

परिवारले उनको साथमा रु दुई लाख रकम भएको जनाएको छ । परिवारका अनुसार उनले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गरेको थियो । सोही पैसा लुट्न उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ ।
–––

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार