आज एक हजार ४३ सङ्क्रमित

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घन्टामा आज एक हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार १९४ पुगेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । आज ८९१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७२ हजार २२९ रहेको छ ।

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।६ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १९२ जनाको निधन भइसकेको छ । आज ५९ हजार ३७६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यस्तै अहिलेसम्म ७९ लाख ६२ हजार ६४७ ले पहिलो मात्रा र ६४ लाख १९ हजार ४८० ले पूर्ण मात्राको खोप लगाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार