डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनीकरण तालिम

उज्यालो प्रतिनिधि १५ आश्विन २०७८, शुक्रबार शिक्षा

डोटी ।  सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीनदिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ ।

उक्त संस्थाको सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनामार्फत सम्पर्क शिक्षकका लागि विपद् जोखिम न्यूनीकरण बृहत् विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलवायु परिवर्तनसम्बन्धी तालिमको दीपायलमा आयोजना गरिएको हो ।

तालिममा जिल्लाका बोगटान फुड्सिल र जोरायल गाउँपालिका तथा छिमेकी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकाका २५ माविका विपद् जोखिम न्यूनीकरण सम्पर्क शिक्षक सहभागी भएको परियोजनाका अनुगमन मूल्याङ्कन जवाफदेही अधिकृत मायाकुमारी बमले जानकारी दिए । उनका अनुसार उक्त तालिममा विद्यालयमा हुने प्राकृतिक विपद् तथा जोखिमबाट बच्नका लागि गर्न सकिने कार्यको अवलम्बन गर्न तथा क्षमता विकासलगायत विषयमा जानकारी दिइने भएको छ ।

उक्त तालिम समापनपश्चात् विद्यालय सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिने लक्ष्य लिइएको सामुदायिक विकास मञ्चका अध्यक्ष खडकराज शर्माले बताए । तालिममा सहभागी शिक्षकहरुले विद्यालयले तयार गर्ने विद्यालय सुरक्षा योजनामा सहयोग गर्ने उनको भनाइ छ । उक्त तालिमको सहजीकरण देवेन्द्र गुरुङ र सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनाका संयोजक विवेक गौतमले गर्नुुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार