आज थप एक हजार ७८ जनामा कोरोना सङ्क्रमण

उज्यालो प्रतिनिधि १४ आश्विन २०७८, बिहीबार कोरोना [Covid-19] विशेष

काठमाडौँ ।   देशभर पछिल्लो २४ घण्टामा एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ७६५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १६८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमण दर १८।९ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । पछिल्लो २४ घण्टामा ९११ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार ७५८ पुगेको छ । नेपालमा कोरोनाबाट निको हुने दर ९६।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १३५ जनाको निधन भइसकेको छ । हाल देशभर ३५३ सङ्क्रमित सघन उपचार कक्ष ९आइसीयु०मा, ११७ भेन्टिलेटरमा, १६ हजार ८०२ होम आइसोलेसनमा, एक हजार ३६६ संस्थागत आइसोलेसनमा तथा २३८ सङ्क्रमित क्वारेन्टिनमा छन् ।

आज दुई लाख ८९ हजार ३८१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ५६ हजार ३८४ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण मात्रा लगाएका मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार