रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदाने : विद्रोहको नेपाली नामको टिजर सार्वजनिक

उज्यालो प्रतिनिधि १३ आश्विन २०७८, बुधबार कला/साहित्य

काठमाडौं । विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदाने : विद्रोहको नेपाली नामको टिजर सार्वजनिक भएको छ । निमार्ण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत टिजर सार्वजनिक गर्दै २०२२ को मध्यसम्ममा फिल्म रिलिज गर्ने गरि काम अगाडी बढिरहेको जनाएको छ ।

फिल्म रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको हो । रुदाने अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त अनुसन्धान,लेखन तथा निर्देशन गरेका हुन् । दावनल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निमार्ता जागृत रायमाझि हुन्भनेसह निर्माता भानुभक्त थापा र सहायक निर्माताहरुमा पदम केशर कटुवाल र सहदेब प्रसाद सापकोटा रहेका छन्।

फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्य देबले अभिनय गरेका छन्। त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि ,सुभाष गजुरेल,अम्बर सुवेदि ,सरोज अर्याल , आलोक थामी , नमिता तामाङ्ग, परिक्षित बिक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल , आइ. पि आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रुपचन्द्र विष्ट विद्रोही दार्शनिक,राजनितिज्ञ र निमुखा जनताका आवाज मात्रै पनि थिएनन् शिक्षक, समाज सुधारक लगायतका अन्य थुप्रै विशेषण उनको नामसँगै जोडिएर आउँछन् । सन्१९८० को दशकमा विष्टले थाहा दर्शन प्रतिपादन गरे र पछि त्यहि थाहा दर्शनलाई नै आधार बनाएर जनता जगाउने आन्दोलन थाहा आन्दोलन नै चलाए ।

रुदाने रुपचन्द्रले आफैलै आफैलाई दिएको नाम हो , जसको पूर्ण रुप हुन्छ रु –रुप,दा–दामन, ने–नेपाल । लेखक तथा निर्देशकद्वयलेबर्सौ सम्म रुचपन्द्र विष्ट माथि गहिरो अध्ययन अनुसन्धान गरि रुदाने : विद्रोहको नेपाली नाम तयार पारेको निमार्ण पक्षले जनाएको छ । फिल्म मार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ता चिन्दै नचिनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको बताइएको छ ।

मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीति मार्फत समाज रुपान्तरणका लागी सम्पूृर्ण जीवन नै थाहा आन्दोलन मार्फत जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहि कतै पनि दर्ज नभएको नाम हो । २०४० को दशकमा नेपालमा लोकप्रियताको शिखरमा रहेको रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ । यो चलचित्र जीवनको अन्तिम सम्मै जनताकै भएर बाँचेका विष्ट प्रति समर्पित गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार