प्रदेश १ मा २५३ कोरोना सङ्क्रमित थपिए

उज्यालो प्रतिनिधि १३ आश्विन २०७८, बुधबार १ नं. प्रदेश

विराटनगर ।   प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । एक हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ तथा ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा चार, सङ्खुवासभामा तीन, धनकुटामा दुई तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो । स्थानीय पालिका अनुसार झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२÷१२, मेचीनगरमा आठ, दमकमा सात, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा तीन तीन, बाह्रदशीमा दुई तथा शिवसताक्षी र झापा गाउँपालिकामा एक÷एक सङ्क्रमित थपिएका छन् ।

यस्तै मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६÷६, लेटाङ र उर्लाबारीमा दुई÷दुई तथा बूढीगङ्गा र कटहरीमा एक एक, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा चार, इनरुवा र रामधुनीमा दुई दुई, गढीमा एक, इलामको चुलाचुलीमा तीन, इलाम नगरपालिकामा दुई र सूर्योदयमा एक, पाँचथरको फिदिममा दुई, फाल्गुनन्द र स्थानीय तह नखुलेका एक एक, सङ्खुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका एक एक, धनकुटाको धनकुटा नगरपालिका र पाख्रीबासमा एक÷एक, ताप्लेजुङ र तेह्रथुममा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज ४७ महिलासहित ११६ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार