देशभर एक हजार १५८ जना सङ्क्रमित

उज्यालो प्रतिनिधि १२ आश्विन २०७८, मंगलवार कोरोना [Covid-19] विशेष

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा एक हजार १५८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४२२ पुगेको छ । हाल सङ्क्रमण दर १८।९ प्रतिशत रहेको छ ।

यस्तै ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ३१८ ले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ६३ हजार ७३४ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।३ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ११५ जनाको निधन भइसकेको छ । हाल देशभर ३६४ जना सघन उपचार कक्ष ९आइसियु०, १२० जना भेन्टिलेटर, १७ हजार १२५ जना होम आइसोलेसन, एक हजार २९७ जना संस्थागत आइसोलेसन र ३२८ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै आज देशभरि दुई लाख आठ हजार ९० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६९ लाख ६० हजार ८२८ ले पहिलो मात्रा र ६२ लाख पाँच हजार ७७० जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार