म्यानमारमा मानवीय सहायताको खाँचो छ : संयुक्त राष्ट्रसंघ

उज्यालो प्रतिनिधि १२ आश्विन २०७८, मंगलवार विश्व

काठमाडौँ ।   संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । त्यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

 

उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध समेत गरेका बताइएको छ । यहाँ यसै वर्षको फेब्रुअरी ३ मा सेनाले सत्ता हत्याएको थियो । आङ सान सुकीको दलको प्रजातान्त्रिक दलको सरकारलाई सेनाले हत्याएर सैनिक शासन सुरु गरेको थियो । त्यसका विरोधमा नागरिक सडकमा ओर्लिएका थिए ।

त्यसपछि त्यहाँ लामो समयसम्म सेनाका विरुद्धमा आन्दोलन भएको थियो भने सेनाले आन्दोलन दबाउनका लागि हानेको गोली लागेर सयौँ नागरिक मारिएका थिए । संयुक्त राष्ट्रसंघले यहाँ मुख्य शहरी क्षेत्रमा बस्ने मानिसलाई नै खाना र बास समेतको मानवीय सहायताको खाँचो परेको जनाएको छ ।

मुख्यगरी यहाँको यांगुन शहर र अर्को बजार क्षेत्र मण्डालेमा यस्तो समस्या देखिएको छ । ती क्षेत्रमा बस्ने बालबालिकामा पनि पौष्टिक खानाको अभावमा कुपोषणको समस्या समेत देखा पर्न लागेको पनि बताइएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार