अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

उज्यालो प्रतिनिधि १२ आश्विन २०७८, मंगलवार विश्व

काठमाडौँ ।  अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।
पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ ।

 

उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्धा लगाइएको समाचारमा जनाइएको छ ।सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्धा बनाइएको छ ।

भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच बर्षको जेल सजाय तोकिएको छ । उनलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ ।
पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बनेका थिए ।

त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गरेका थिए । उनी बौटेफ्लीकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक थिए । तत्कालिन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएका थिए । हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उनले राजीनामा दिनु परेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार